Global Press Institute

ग्लोबल प्रेसको नेपाल टिममा आवद्ध हुन आजै आवेदन दिनुहोस्  !

आवेदन दिनुहोस् : ग्लोबल प्रेस इन्स्टिच्युटको तालिमदेखि रोजगारीसम्मको कार्यक्रममा आवेदन बुझाउने समयसीमा सोमबार, पौष २१, २०७६ (जनवरी ६, २०२०) को नेपालीसमय अनुसार राति ११:५९ बजे (वासिंगटन डीसी समय अनुसार दिउँसो १:१४) सम्म रहेको छ । कृपया यो पेजको तल रहेको लिंक हेर्नुहोस । .

कार्यक्रमको सुरुवात: सोमबार, माघ २०, २०७६ (फेब्रुअरी ३, २०२०) वा माघ ७, २०७६ (फेब्रुअरी १०, २०२०)

छनोट प्रक्रियाः पहिलो चरणको छनोट प्रक्रियामा परेकाहरुलाई मात्रै भिडियो अन्तरवार्ताका लागि आमन्त्रण गरिनेछ ।

कार्यक्रम बारे

ग्लोबल प्रेस इन्स्टिच्युटले छानिएका देशहरुमा १६ हप्ते तालिम कार्यक्रम सञ्चालन गर्दछ । ग्लोबल प्रेस जर्नलको रिपोर्टर बन्न यो कार्यक्रम (तालिमदेखि रोजगारी) मात्र एउटा प्रवेशबिन्दु हो । यो १६ हप्ते तालिम अवधिभर तपाईले ग्लोबल प्रेस इन्स्टिच्युटका कक्षाहरु, स्थलगत अभ्यासहरु, रिर्पोटिंग र लेखनका लागि प्रति हप्ता १५ देखि २० घण्टाको समय दिने प्रतिवद्धता गर्नुपर्नेछ ।

१६ हप्ताभर छानिएका प्रशिक्षार्थी रिपोर्टरले फ्याक्ट चेकिगं (तथ्य जाँच) देखि फोटोपत्रकारितासम्मका सिप सिक्नेछन् र कम्तिमा ३ पूर्ण स्टोरी ड्राफ्ट (कथाका मस्यौदा) गर्नुपर्नेछ । यो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीले ग्लोबल प्रेसको अवार्ड प्राप्त पब्लिकेसन ग्लोबल प्रेस जर्नलबाट नयाँ रिपोर्टरको कन्ट्रयाक्ट (सम्झौतापत्र) प्राप्त गर्नेछन् ।

तलब तथा सेवासुविधा: तपाईले तालिम अवधिभर व्यबस्थापनकालागि मासिक भत्ता र तपाईले सम्पन्न गरेको सबै कामको पारिश्रमिक पाउनुहुनेछ (बारम्बार सोधिने प्रश्नहरु खण्ड हेर्नुहोस्)। तालिम अवधिभर यातायात, सञ्चार र खानाको खर्च पनि समावेश गरिनेछ । सबै प्रशिक्षार्थीले रिर्पोटिंग असाइनमेण्टका लागि ग्लोबल प्रेसको क्यामेरा र भोईस रेकर्डर प्राप्त गर्नेछन् । १६ हप्ते तालिम कार्यक्रममा सफलतापूर्वक ग्राज्युएट हुने प्रशिक्षार्थीले ग्लोबल प्रेसबाट स्वास्थ्य र संचार भत्ता सहित नयाँ रिपोर्टरको कन्ट्रयाक्ट (सम्झौतापत्र) पाउनेछन् ।

किन ग्लोबल प्रेस?

ग्लोबल प्रेसले विज्ञलाई पुर्नपरिभाषित गर्छ र परम्परागत मिडियाको विरासतको समाचारिय मूल्यको परिभाषालाई चुनौति दिन्छ । हामी एक विशिष्ट सम्पादकीय संरचना संचालन गर्छौ, जसले स्थानीय रिपोर्टरहरुलाई (शतप्रतिशत महिला) २४ घण्टे समाचारचक्रले प्राथमिकता दिने र परम्परागत मिडियाले ब्यापक बनाउने प्रकोपमुखी कथनलाई चुनौति दिन्छ ।
अन्यत्र विरलै कभर हुने विषयमा स्थानीय आवाज, गहन सन्दर्भ र सूक्ष्म विश्लेषण रहने निष्ठापूर्ण र सही पत्रकारिताका लागि मजबुत सम्पादकीय संरचनामा काम गर्ने स्थानीय रिपोर्टरहरुको विश्वव्यापी व्यावसायिक संजालको तपाई एउटा हिस्सा बन्नुहुनेछ । सबै स्टोरीहरु रिपोर्टरको स्थानीयकालागि स्थानीय भाषा र विश्वव्यापी पाठककालागि अंग्रेजीभाषामा प्रकाशित हुन्छन् । ग्लोबल प्रेस संसारलाई फरक तरिकाले हेर्नका लागि एउटा आँखीझ्याल हो ।

ग्लोबल प्रेसमा जोडिन के चाहिन्छ ?

तपाईको समुदाय र देशका नविन पाटोहरु खोतल्ने उत्सुकता।

तपाईको समुदायको कथनलाई उन्नत बनाउने चाहना (आफ्नो समुदायको पूर्ण र व्यापक बुझाई) ।

आफ्नो सीप सुधार गर्ने र सिकाईमा अनवरत रूचि ।

ग्लोबल प्रेसको पूर्ण शुद्दता र व्यावसायिकताको उच्च मापदण्डप्रति आफुलाई जवाफदेयी बनाउने उत्प्रेरणा ।

आवेदनका लागि आवश्यकताहरु

पत्रकारिताको पूर्वअनुभव आवश्यक छैन ।

फोटोग्राफीको पूर्वअनुभव आवश्यक छैन ।

अंग्रेजी भाषा सीप आवश्यक छैन ।

१८ वर्षभन्दा माथिको उमेरको महिला हुनु पर्नेछ । माथिल्लो उमेरको कुनै सिमा छैन ।

तपाईको आफ्नो भाषाको आधारभुत साक्षरता आवश्यक छ ।

प्राकृतिक उत्सुकता र स्टोरी-टेलिंगको (कथा बाचन) जोस आवश्यक छ ।

प्रशिक्षार्थीकोरुपमा तपाईले:

नेपालमा हुने तालिम सेसनहरुमा निम्न उल्लेखित पुरै समय व्यक्तिगतरुपमा सहभागि हुनुपर्नेछ (तालिमको स्थान पछि तय हुनेछ):

○ तालिम अवधिको लगातार पहिलो दुई हप्ता ।

○ एक हप्ताको गहन फोटो पत्रकारिता तालिम ।

○ कक्षाभित्रै एक हप्ते लेखन र तथ्य जाँच तालिम ।

व्यक्तिगतरुपमा सहभागि भएर लिइने तालिममा सहभागी नहुँदा प्रत्येक हप्ता १५ देखि २० घण्टा रिर्पोटिंग गर्न प्रतिवद्ध हुनुपर्नेछ । बाँकी तालिम ग्लोबल प्रेसको असाइनमेण्ट गर्दै आफ्नो समुदायबाट गर्न सक्नु हुन्छ ।

ग्राज्युएसन र ग्लोबल प्रेस जर्नलमा रोजगारीकालागि निरन्तररुपमा प्रयास गर्न पत्रकारिताको प्रशिक्षक/सम्पादकसंग निरन्तर सम्पर्कमा रहेर काम गर्नु पर्नेछ ।

आवेदन दिन यहाँ क्लिक गर्नु होस् !

तपाईका अझै केहि प्रश्नहरु छन् ? बारम्बार सोधिने प्रश्नहरुको खण्ड यहाँ हेर्नु गर्नु होस् ।

Photo at top by Shilu Manandhar, GPJ Nepal